विश्वकप छनोट : कुशल बने नेपालको तर्फबाट शतक बनाउने तेस्रो खेलाडी

३ बर्ष अगाडि

काठमाडौं - टी २० विश्वकप छनोट अन्तर्गत नेपाली क्रिकेट टोलीले फिलिपिन्ससँग खेलिरहेको छ । टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । 

उनी ६१ बलमा १३ चौका र १ छक्काको सहायतामा १०४ रन बनाउँदै अविजित रहे । त्यस्तै दीपेन्द्रसिंह ऐरीले १७.१ ओभरमा ३७ बलमा अर्धशतक पुरा गरे । उनी ४७ बलमा ६ चौका र ४ छक्काको सहायतामा ८३ रन बनाउँदै पभेलियन फर्किए ।

सुरुवाती ब्याटिङमा उत्रिएको नेपालका आशिफ शेख गोल्डेन डकआउट हुन पुगेका थिए । त्यसपछि आएका कुशल मल्ल पनि २ चौकाको सहायतामा १२ रन बनाउँदै पभेलियन फर्किँए । त्यस्तै लोकेश बम ६ रनमा अविजित रहे ।

आजको खेलसँगै भुर्तेल नेपाली टोलीबाट शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् । उनी अघि ज्ञानेन्द्र मल्लले १०७ रन र पारस खड्काले अविजित १०६ रन बनाउँदै शतक पुरा गरिसकेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया