रोमानियाको एक कम्पनीले माग्यो भारी सङ्ख्यामा नेपाली पुरुष महिला कामदार, मासिक तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं - रोमानियाको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । रोमानिया सहरमा रहेको narapo all solutions कम्पनीले विभिन्न पदका लागि ८० जना नेपाली पुरुष र ८ जना महिला गरी जम्मा ८५ जना नेपाली कामदारको माग गरेको हो ।  

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले मासिक तलब खान बस्न सहित ६५ हजार बढि पाउनेछ । इच्छुक कामदारले डाइनामिक ग्लोबल एच। आर। प्रालिको कार्यालय बसुन्धरा काठमाडौंमा फागुन १३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।  साथै हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया