विश्वकप छनोट : ओमानमाथि रोमाञ्चक जित हासिल गरेको नेपालले आज फिलिपिन्ससँग खेल्दै

३ बर्ष अगाडि

काठमाडौं - आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को दोस्रो खेलमा नेपालले आज लिपिन्ससँग खेल्दै छ ।विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो ।

नेपाली समय अनुसार खेल ११:४५ मा ओमानको अलअमिरात क्रिकट मैदानमा सुरू हुने  हुदैछ । छनोटको समूह ‘ए’ मा रहेको नेपाल आज फिलिपिन्सलाई हराउँदै छनोटमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । 

समूहको पहिलो खेल खेल्दै शुक्रबार ओमानमाथि रोमाञ्चक जित हासिल गरेको नेपालको दोस्रो खेल खेल्न लागेको हो । नेपालले शुक्रबार भएको पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो । नेपाल २ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया