यो साता नेप्सेमा एक कम्पनीको मात्रै शेयरमूल्य समायोजन, कुनको ?

४ बर्ष अगाडि

काठमाडौं - यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको मात्रै शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो । 

हकप्रद निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । कम्पनीको ४० प्रतिशत हकप्रद शेयर समायोजन भएको हो । 

समायोजन पश्चात इन्स्योरेन्सको शेयरमूल्य ८१९ रुपैयाँ २९ पैसा कायम भएको हो । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया