१६ कम्पनीको सेयर नेप्सेमा सूचिकृत, कुनको कति ?

४ बर्ष अगाडि

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न १६ कम्पनीहरुको सेयर सूचिकृत भएको छ । 

१. बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डू लिमिटेडको १० प्रतिशत बोनस बापतको ९६ लाख ५८ हजार एक सय ७६.४२९० कित्ता सेयर सूचिकृत भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

२. लुम्बिनी विकास बैंक
लुम्बिनी विकास बैंक लिमिटेडको १३ प्रतिशत बोनस बापतको ३७ लाख ७८ हजार ३ सय ८९.६१ कित्ता सेयर सूचिकृत भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८४२ प्रतिशत नगद गरी कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

३. हिमालयन डिस्टिलरी
हिमालयन डिस्टिलरीको ६५ लाख ७ हजार ७६७.८१ कित्ता चीकृत भएको छ । गत आर्थिक वर्षका लागिले वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । गत आर्थिक वर्षका लागि हिमालयन डिस्टिलरीले ७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

४. मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंकको ८४ लाख ५६ हजार ३००.५३ कित्ता चीकृत भएको छ । गत आर्थिक वर्षका लागिले वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । मुक्तिनाथले १७.५७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

५. आईसीएफसी फाइनान्स
आईसीएफसी फाइनान्सको १० लाख २८ हजार ४९४ कित्ता बोनस शेयर सूचीकृत भएको  छ । गत आर्थिक वर्षका लागिले वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । आईसीएफसी फाइनान्सले १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

६. ज्योति विकास बैंक
ज्योति विकास बैंक लिमिटेडको ११ प्रतिशत बोनस बापतको ४२ लाख २९ हजार ३ सय ५.०६ कित्ता सेयर सूचिकृत भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ समेत गरी ४.५ प्रतिशत नगद सहित कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

७. नेपाल ल्युब आ​यल 
नेपाल ल्युब आ​यल लिमिटेडको ३० प्रतिशत बोनस बापतको ९० हजार ५३ कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

८. एनसीसी बैंक
नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको  ८२ लाख ५१ हजार ६१३.३४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्षका लागि शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्षका लागि शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । 

९. स्ट्याण्डर्ड चार्टर्ड बैंक
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको १० प्रतिशत बोनस बापतको ८५ लाख ७२ हजार २ सय ३०.८१ कित्ता सेयर सूचिकृत भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ लाभांश वितरण गर्ने घोषणा गरेको थियो । 

१०. नेपाल इन्भेस्टमेन्ट बैंक
नेपाल इन्भेस्टमेन्ट बैंकको २ करोड ५ लाख २ हजार ११८.२३ कित्ता बोनस शेयर  सूचीकृत भएको छ ।  कम्पनीले गत आर्थिक वर्षका लागि शेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । गत आर्थिक वर्षका लागि नेपाल इन्भेस्टमेन्ट बैंकले १२.६११ प्रतिशत बोनस शेयर वितरण गरेका थिए । 

११. मेरो माइक्रोफाइनान्स
मेरो माइक्रोफाइनान्सको २० कित्ता बोनस शेयर  सूचीकृत भएको छ ।  कम्पनीले गत आर्थिक वर्षका लागि शेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । गत आर्थिक वर्षका लागि मेरो माइक्रोफाइनान्सले २० प्रतिशत बोनस शेयर वितरण गरेका थिए । 

१२. महिला लघुवित्त
महिला लघुवित्तको ४ लाख ७५ हजार कित्ता बोनस शेयर  सूचीकृत भएको छ ।  कम्पनीले गत आर्थिक वर्षका लागि शेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । गत आर्थिक वर्षका लागि महिला लघुवित्तले ४७.५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए । 

१३. सिभिल लघुवित्त
सिभिल लघुवित्तको ४ लाख ६० हजार ३०.६२१ कित्ता बोनस शेयर  सूचीकृत भएको छ ।  कम्पनीले गत आर्थिक वर्षका लागि शेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । गत आर्थिक वर्षका लागि सिभिल लघुवित्त १९ प्रतिशत बोनस शेयर वितरण गरेका थिए । 

१४. नेपाल इन्फ्रास्ट्रक्चर बैंक
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ८ प्रतिशत बोनस बापतको एक करोड ६० लाख कित्ता शेयर सूचिकृत भएको छ । निफ्राले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

१५. सिभिल बैंक
सिभिल बैंक लिमिटेडको ५ प्रतिशत बोनस बापतको ४३ लाख २१ हजार ८ सय ३०.४२ कित्ता शेयर सूचिकृत भएको छ । सिभिल बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना  शेयरधनीहरूलाई ५ प्रतिशत बराबरको बोनस शेयर तथा कर प्रयोजनको लागि प्रति शेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

१६. शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको १०.९३ प्रतिशत बोनस बापतको ३७ लाख २५ हजार ४ सय ५१.०५२५ कित्ता शेयर सूचिकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया