अजोड इन्स्योरेन्सका सिइओको तलब कति ?

४ बर्ष अगाडि

काठमाडौं - अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिइओ कुमार बहादुर खत्रीले एक वर्षमा तलब भत्ता तथा अन्य सुविधाहरुबापत ४४ लाख ९६ हजार ७७७ रुपैयाँ बुझेका छन् । 

खत्रीले गत आर्थिक वर्ष २०७७/७८ मा वार्षिक तलब तथा भत्ता ४१ लाख ४० हजार ५०० रुपैयाँ प्राप्त गरेका छन् । यस बाहेक नियम अनुसार मुनाफाबाट कर्मचारी बोनस बापत तीन लाख ५६ हजार २७७ रुपैयाँ प्राप्त गरेका छन् । 

कम्पनीले प्रमुख कार्यकारी प्रमुखको दुर्घटना बीमा शुल्क बापत अघिल्लो वर्ष ६ हजार ९७० रुपैयाँ प्रिमियम भुक्तानी गरिदिएको थियो । तर यस वर्ष यस्तो बीमा शुल्क भुक्तानी गरिदिएको देखिदैन । खत्रीले यस बाहेक सवारी साधनको सुविधा प्राप्त गरेका छन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया