कुवेतले माग्यो नेपाली कामदार, मासिक तलब तथा सेवासुविधा कस्तो ?

३ बर्ष अगाडि

काठमाडौं - कुवेतको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । कुवेत सहरमा रहेको saveur bakery compaany कम्पनीले विभिन्न पदका लागि १६ जना नेपाली पुरुष कामदारको माग गरेको हो ।  

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले मासिक तलब खान बस्न सहित ५९ हजार बढि पाउनेछ । इच्छुक कामदारले सरोन मेनपावर सर्भिसेस प्रालिको कार्यालय बानेश्वर काठमाडौंमा फागुन १३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया