बलेफी हाइड्रोपावरले जारी गरेको १८ लाख २७ हजार ९७० कित्ता आईपीओमा कतिले दिए आवेदन ?

४ बर्ष अगाडि

बलेफी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन ९आईपीओ० मा शुक्रबार बेलुका साँझ पाँच बजेसम्ममा २ करोड ८० लाख रुपैयाँ बराबरको सेयर खरीदका लागि माग आवेदन परेको छ ।

कम्पनीले सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि गत माघ २७ गतेदेखि आईपीओ जारी गरेको हो । फागुन ६ गते बिहीबार साँझ ५ बजेसम्ममा २ करोड ८० लाख ९ हजार रुपैयाँ बराबरको २ लाख ८० हजार ९० कित्ता सेयर खरीदका लागि आवेदन परेको छ । जुन स्थानीय बासिन्दाका लागि जारी सेयरको १५.३२ प्रतिशत हो ।

ग्लोबल आईएमई क्यापिटल लिमिटेडका अनुसार शुक्रबार साँझसम्म १ हजार ६२४ वटा आवेदन मार्फत २ लाख ८० हजार ९० कित्ता सेयर सेयरको आवेदन परेको हो । जसमध्ये आयोजनाबाट अति प्रभावित ५६१ बासिन्दाबाट सि आश्वा तथा भौतिक दुबै मार्फत कुल १ लाख ३७ हजार १७० र आयोजना निर्माणाधीन जिल्लाका अन्य गाविसका बासिन्दाहरुबाट १ हजार ६३ जिल्लाबासीहरुबाट १ लाख ४२ हजार ९२० कित्ता सेयर खरीदको माग परेको हो ।

बिहीबार आयोजना प्रभावित र अन्य गरी कुल १ हजार ४९४ वटा आवेदन मार्फत२ करोड ६१ लाख ९ हजार रुपैयाँ बराबरको २ लाख ६१ हजार ९० कित्ता सेयर खरीदका लागि आवेदन परेको थियो । कम्पनीले जारी पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ आयोजना प्रभावितका लागि निष्कासन गरेको हो ।

कुल निष्कासित कित्तामध्ये वातावरण मूल्याङ्कन प्रतिवेदन बमोजिम सिन्धुपाल्चोको आयोजना प्रभावित क्षेत्रहरु क्रमशः जुगल गाउँपालिकाका वडा नं. २, ३ र ४ का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु क्रमशः जुगल गाउँपालिकाका वडा नं. ५ र ७, बलेफी गाउँपालिका १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिकाका वडा नं। ७ का बासिन्दाका लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता छुट्याइएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था छ ।
स्थानीय बासिन्दाले आईपीओमा सिन्धुपाल्चोकस्थित कुमारी बैंक (जलविरे शाखा), एनसीसी बैंक (ढाँडे शाखा), ग्लोबल आईएमई बैंक (चौतारा शाखा), लक्ष्मी बैंक (चौतारा शाखा) र लक्ष्मी बैंक (खाँडीचौर शाखा) बाट आवेदन दिन सकिनेछ ।

आईपीओका निष्कासन छिटोमा फागुन १२ गते बन्द हुनेछ भने उक्त अवधिभित्र सबै सेयर खरीदको माग नपरेमा फागुन २७ गते बैंकिङ समयसम्म आवेदन समय लम्बिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया