काठमाडौं - ज्योति लाइफका प्रमुख कार्यकारी अधिकृत सिइओ प्रकाश विक्रम खत्रीले वार्षिक तलब भत्ता तथा अन्य सुविधा बापत ७७ लाख ५५ हजार ७७२ रुपैयाँ बुझेका छन् ।
गत आर्थिक वर्ष २०७६/७७ मा खत्रीले तलब भत्ता बापत ६४ लाख २४ हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै कर्मचारी बोनस बापत १३ लाख ३० हजार रुपैयाँ बुझेका छन् ।
गत आर्थिक वर्ष २०७६/७७ मा सञ्चालकहरूले समितिको बैठक लगायत अन्य समितिहरूको बैठक भत्ता बापत १३ लाख ३३ हजार तथा भ्रमण भत्ता सुविधा प्राप्त गरेका छन् । अन्य प्रमुख पदाधिकारीहरूले भने गत वर्ष ८७ लाख ९८ हजार रुपैयाँ बुझेका छन् ।
प्रतिक्रिया