काठमाडौं - अजोड इन्स्योरेन्स कम्पनीको चौंथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा युनाइटेड वल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर काठमाडौंमा सम्पन्न भएको हो । सभा भर्चुअल माध्यमबाट सम्पन्न गरेको कम्पनीले जनाएको छ ।
सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसुचीहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
त्यस्तै, सभाले कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने९बर्तमान लेखापरिक्षक नै कानुनत पुनः नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।
प्रतिक्रिया