ज्योति लाइफद्वारा २२ करोड बोनस शेयर पारित, लेखापरीक्षक नियुक्ति सँगै पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित

४ बर्ष अगाडि

काठमाडौं - ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले लेकसाइड पोखरामा भर्चुअल माध्यमबाट साधारणसभा गरेको छ । 

सभाले १० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह तथा तत् सम्बन्धित अनुसुचिहरु तथा एनएफआरएस प्रणाली लागू गरी तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गरेको छ । 

कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतका दरले २२ करोड रुपैयाँ बोनश शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ । 

त्यस्तै सञ्चालक समितिमा कम्पनीका सञ्चालकहरुमा संस्थापक शेयरधनी समूहका तर्फ नन्द किशोर शर्मा, आकाश गोल्छा, शर्मिला श्रेष्ठ महर्जन, जयन्त कुमार अग्रवाल र साधारण शेयरधनी समुह ख तर्फ कौशल नौलखा र प्रिया तायल चयन भएका छन् । साथै सञ्चालक समितिको अध्यक्षमा नन्द किशोर शर्मा मनोनित भएका छन्

लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिकको निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया