९०९१ जनाको परीक्षणमा ४३७ जनामा संक्रमण,२४५४ निको हुदाँ सक्रिय संक्रमितको संख्या १४ हजारमा झर्‍यो

४ बर्ष अगाडि

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २ जनाको कोरोनाबाट मृत्यु भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९१ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्या बराबरमा संक्रमण पुष्टि भएको हो । सोही अवधीमा २४५४ जना निको भएका छन् । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७५ हजार १३२ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार ४१२ जनामा पुगेको छ । 

संक्रमितमध्ये हालसम्म ९ लाख ४८ हजार ७८४ जना निको भएका छन् । यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९१३ जना पुगेको छ । 

हाल देशभर सक्रिय संक्रमित १४ हजार ४३५ जना रहेका छन् ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया