यामाहाको दुईवटा फ्यूल टयांक भएको नयाँ अफरोड बाइक सार्वजनिक, अन्य विशेषता के के ?

३ बर्ष अगाडि

काठमाडौं-जापनिज टु ह्विलर निर्माता यामाहाले दुईवटा फ्यूल ट्यांक भएको नयाँ अफरोड एड्भेन्चर बाइक सार्बजनिक गरेको छ । हाल बजारमा कारोबार भैरहेको टेनरी ७०० लाई अपग्रेड गरेर टेनरी ७०० वल्र्ड रेइड सार्वजनिक गरेको हो । यो नयाँ बाइकको दुबै साइडमा फ्यूल ट्यांक जडान गरिएको छ ।

लामो दुरीको यात्रामा सहजता प्रदान गर्न यसको दुइवटा फ्यूल ट्यांकमा २३ लिटर पेट्रोल अट्ने स्पेश रहेकोछ । जुन रेगुलर मोडलको तुलनामा ७ लिटरले बढी हो । एकपटक इन्धन भरेपछि यो बाइकले ५ सय किलोमिटरसम्मको यात्रा तय गर्ने जनाइएको छ ।

डुअल फ्यूल ट्याँकसंग म्याच गर्नेगरी फराकिलो प्रोफाइल सहितको ८९० एमएमको दुई वटा सिट दिइएको छ । 

यो बाइकमा थप गरिएको अर्को महत्वपूर्ण फिचर्स यसमा दिइएको इन्स्ट्रुमेन्ट कन्सोल हो । ५ इन्च कलर टिएफटी कन्सोलमा स्मार्टफोन कनेक्टिभिटी सुबिधा दिइएको छ । जहाँ म्यूजिक र नेभिगेसन कन्ट्रोलको सुबिधा भने उपलब्ध गराइएको छैन । यो बाइकमाा दिइएको एबिएसलाई राइडरले सडकको अबस्था र आफ्नो आबश्यकता अनुसार भिन्न ३ तरिकाले सेट गर्न सक्नेछन् ।

रेगुल मोडलमा उपलब्ध गराइएको ६८९ सिसी प्यारलल ट्विन सिपी२ इन्जिन जडान गरिएको यसले ७२.४ बिएचपी पावर र ६८ एनएम टर्क जेनेरेट गर्नेछ । तत्कालका लागी यो बाइक बेलायत र युरोप मात्र बिक्री गरिने जनाइएको छ । बेलायतमा यसको मुल्य ११ हजार ६ सय पाउन्ड निर्धारण गरिएको छ ।
 
 

३ बर्ष अगाडि

प्रतिक्रिया