ग्राजिया बिएस६ : ५ हजार रुपैयाँमै बुकिङ र सोही बराबरको क्यासब्याक पनि, कति छ बजार मूल्य ?

३ बर्ष अगाडि

काठमाडौं- होन्डा टु ह्विलरको नेपालमा लागि आधिकारिक बितरक स्याकर ट्रेडिङ कम्पनीले नजिकको मल तथा भाटभटेनी डिपार्टमेन्टल स्टोरमा गएर ग्राजिया बिएस६ बुकिङ गर्न सकिने ब्यावस्था मिलाएको छ ।

ग्राहकले ५ हजार रुपैयाँसम्ममा बुकिङ गर्न सक्ने र उक्त रकम बराबर नै क्यास ब्याक समेत पाउन सकिनेछन्  । उपत्यकाको लबिम मल, पुल्चोक र भक्तपुरस्थित भाटभटेनिमा गएर यो स्कुटर बुकिङ गर्न सकिने छ ।

त्यसैगरी उपत्यका बाहिर पोखरा, वुटवल, नारायणघाट र इटहरीमा रहेको भाटभाटेनीमा समेत यो सुबिधा उपलब्ध गराइएको छ । उक्त सुबिधा लिन लबिम मालमा ९ गतेसम्म, पुल्चोकस्थित भाटभटेनीमा आजदेखी ८ गतेसम्म र भक्तपुरको भाटभाटेनीमा यसै महिनाको १३ देखी १५ गतेसम्मका लागी मिती तोकिएको छ । उपत्यका बाहिर भने बिभिन्न स्थानमा रहेको भाटभटेनीमा फरकफरक मिति तोकिएको छ ।

बीएस६ इन्जिनयुक्त होन्डा ग्राजियामा १२४ सीसीको इन्जिन छ, जसले ६००० आरपीएममा ८.२५ पीएस पावर र ५००० आरपीएममा १०.३ एनएम टर्क जेनेरेट गर्छ । १०८ किलोग्राम तौल भएको यो स्कुटरमा ट्युबलेस टायर र अलोय ह्विल रहेको छ । ५.३ लिटरको इन्धन ट्यांकी भएको स्कुटरमा ११६७ एमएमको सिट हाइट छ ।

यसमा आकर्षक एलईडी र फ्रन्ट एप्रोनभन्दा माथि प्रयोग भएको एलईडी हेडल्याम्पले पहिलेको तुलनामा केही नयाँ लुक्स पाउन सकिन्छ । साइड बडी प्यानलका साथै पछाडिको ब्रेक लाइटको भाग पहिलेभन्दा आकर्षक देखिन्छ । यो स्कुटरमा १२५ सीसी होन्डा इको टेक्नोलोजी प्रयोग गरिएको छ । यसमा इनह्यान्स स्मार्ट टेक्नोलोजिका साथै एसीजी स्टाटर मोटर रहेको छ ।

यो स्कुटरमा १७१ एमएम सम्मको ग्राउन्ड क्लियरेन्स रहेको छ र होन्डाले यसलाई बेस्ट इन क्लास भनेको छ । स्कुटरमा भएको आइडलिङ स्टप सिस्टमले इन्धन बचाउन सहयोग गर्छ ।

ग्राजिया बिएस६ स्ट्यान्डर्ड र डिलक्स गरी कुल दुई भेरियन्टमा उपलब्ध रहँदै आएको छ । जसको मूल्य क्रमश २ लाख ७५ हजार ९ सय र २ लाख ९२ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया