काठमाडौं- एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
लघुवित्तले नायक महाप्रबन्धकमा १ जना, सहायक महाप्रबन्धक १ जना, बरिष्ठ प्रबन्ध १ जना, बरिष्ठ अधिकृत १ जना र कानुन अधिकृतमा १ जना गरी ५ जना कर्मचारीको माग गरेको हो ।
नायक महाप्रबन्धक पदको लागि स्नाकोत्तर उत्रिर्ण गरी बैंक तथा वित्तिय संस्थाको व्यवस्थापकीय कार्यानुभव भएको र तल्लो पदमा कम्तीमा २ बर्ष कार्यानुभव भएको हुनुपर्नेछ । सहायक महाप्रबन्धकको कम्तिमा ५वर्षको अनुभव हुनुपर्ने छ ।
त्यस्तै गरी बरिष्ठ प्रबन्धक पदको लागि ४ बर्षको अनुभव, बरिष्ठ अधिकृतको लागि अधिकृत तहमा कम्तीमा ३ बर्षको कार्यानुभव हुनुपर्नेछ । कानुन अधिकृत पदको लागि नेपाली र आग्रेजी टाइपिङ तथा कम्युटरमा दक्षता भएको र बैंक तथा वित्तिय संस्थामा कार्य अनुभव भएको हुनु पर्ने संस्थाले जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यातिmहरुले सुचना प्रकाशित भएको १५ दिन भित्रमा हस्तलिखित निबेदन, बायोडाटा, अन्य आवश्यक कागजपत्र समेत समावेस गरी आवेदन दिन आह्वान गरिएको छ । आवेदन भर्दा [email protected] मार्फत आवेदन भर्न सकिने संस्थाले जनाएको छ ।
प्रतिक्रिया