काठमाडौं - एलआइसी नेपालले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको लमही शाखाले ५ लाख २७ हजार ५०० रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।
लमही नगरपालिका ५ दाङकी विष्णु अधिकारीले धन बृष्टी जीवन योजना खरिद गरेकी थिइन् । उनले पहिलो किस्ताबापत ६६ हजार ५९० रुपैयाँ मात्रै भुक्तानी गरेकी थिइन् ।
अधिकारीको डेंगुको कारणले मृत्यु भएको थियो । मृतक बीमित विष्णु अधिकारीको परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया