वैदेशिक रोजगार बोर्डले आफ्नो भुक्तानी कारोबारहरुलाई एनपीआईमा जोड्यो

३ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगार बोर्डले आफ्नो भुक्तानी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) मा जोडेको छ । 

बिहीबार भुक्तानीहरु पूर्ण स्वचालितरुपमा गर्न बोर्डले एनपीआईसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा बोर्डका तर्फबाट संस्थाका कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठ तथा एनसीएचएलका तर्फबाट नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बोर्डले आफ्नो भुक्तानी प्रणालीलाई एनपीआई प्रणालीसँग जोडी सोझै सेवाग्राहीहरुको बैंक खातामा भुक्तानी हुने भएको छ । यसअघि बोर्डले भुक्तानी चेक मार्फत गर्दै आएको थियोे । नयाँ प्रणालीले सेवा प्रवाहमा सुधार आउनुका साथै सेवाग्राहीले पाउनुपर्ने भुक्तानी सहजरूपमा पाउने भएका छन् ।

 
 

३ बर्ष अगाडि

प्रतिक्रिया