काठमाडौं - कताले सार्वजनिक स्थानमा मास्क नलगाई हिड्नेहरूविरूद्ध कडाइ गरेको छ । बिहीबार कोभिड–१९ सावधानीका नियम उल्लंघन गर्ने ३ सय ९९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली कामदारको संख्या ठूलो रहेको बताइएको छ ।
कतारका स्थानीय सञ्चारमाध्यमहरूले मास्क नलगाएको अभियोगमा ३ सय ८८ जना र सार्वजनिक स्थलमा अनिवार्य गरिएको एहतराज एप मोबाइलमा इन्स्टल नगरेकोमा ११ जनालाई पक्राउ गरिएको उल्लेख गरेका छन् ।
कतारको मन्त्रिपरिषद्ले सबै नागरिक र विदेशीलाई सार्वजनिक स्थानहरूमा मास्क लगाउन अनिवार्य गरेकोे छ । सरकारी प्रतिवन्ध उल्लंघन गरेको अभियोगमा धेरै व्यक्तिहरूलाई नियन्त्रणमा लिई अभियोजनमा पठाएको बताइएको छ ।
प्रतिक्रिया