गेटवे पेमेन्ट सर्भिसको एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेक सँग युनीफाईड पेमेन्ट इन्टरफेस नेपाल

३ बर्ष अगाडि

यस् गेटवे पेमेन्ट सर्विस प्रालिले अन्तरआबद्दता तथा मोबाइल फस्र्ट प्रबिधीमा आधारित युनीफाईड पेमेन्ट इन्टरफेस नेपाल (UPI Nepal ) सन्चालनका लागि भारत स्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेक सँग सम्झौता गरेको छ। उक्त सम्झौता सँगै अब बिभिन्न बैंक बित्तिय संस्था, भुक्तानी सेवा प्रदायक बीचमा अन्तरआबद्ध बिद्युतिय भुक्तानीको सन्जाल सन्चालन गर्ने र भारतबाट बिभिन्न भुक्तानी सेवा प्रदायक (जस्तै पेटीएम, गुगलपे, फोनपे आदी) मार्फत नेपाल स्थित कुनै पनि बैंक खातामा वा वालेट खातामा तुरुन्तै रकमान्तर गर्नसक्ने व्यबस्था गर्न लागिएको हो । साथै यस् सेवाको सुरुवात सँगै भारतियहरु नेपाल आउँदा क्यु–आरकोड स्क्यान गरी सजिलै भुक्तानी गर्नसक्ने र नेपालीहरुले भारतमा यात्रा गर्दा भारत–क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिनेछ । प्रारम्भिक चरणमा आगामी तीन महिना भित्र उल्लेखित सेवाहरु सुचारु हुने र एनपीसिआई ले भारतमा सन्चालन गरिरहेको सम्पूर्ण सेवाहरु पनि क्रमिक रूपमा सुरुवात गर्दै जानेछ ।

उक्त सम्झौतामा, नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त यस् कम्पनीका तर्फबाट अध्यक्ष कमलनाथ प्रधान साथै भारतमा भुक्तानीको सन्जाल युनीफाईड पेमेन्ट इन्टरफेस (UPI) स्वयमले सफलता का साथ सन्चालन गरिरहेको र भारतीय रिजर्व बैंकद्वारा प्रवर्दित एनपीसिआई इन्टरननेसनलको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला तथा डिजिटल बैंकइङ तथा भुक्तानी सेवामा लामो अनुभव रहेको भारतीय फिन्टेक कम्पनी मनम इन्फोटेक का तर्फबाट निर्देशक नागाबाबु रामिनेनीले हस्ताक्षर गरे ।

अन्तरआबद्धता तथा मोबाइल फस्र्ट प्रबिधीमा आधारित भुक्तानीको सन्जाल UPI भारतमा एनपीसिआईद्वारा सन्चालनमा रहेको र त्यसले भारतको बिद्युतिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेकोमा उक्त प्रबिधीमा आधारित UPI Nepal  ले बिद्युतिय भुक्तानीलाई अर्को श्रेणीमा लैजाने र नेपाललाई नगदरहित समाजमा रुपान्तरण गर्न ठुलो टेवा पुर्याउने कुरामा विश्वस्त रहेको छ ।  

२१औं शताब्दिमा विश्वभरी डिजिटल प्रविधिको माध्यमबाट आर्थिक कारोवार भईरहेको सन्दर्भमा प्रविधिमा हासिल भएका उपलब्धिहरुको उपयोगमा नेपाल पनि क्रमिक रुपमा अगाडि बढिरहेको छ । बैकिङ्ग प्रणालीमा प्रविधिको उपयोग गराई नेपाललाई विश्व मापदण्ड अनुरुपको सेवा प्रवाह गराउने सन्दर्भमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीज्यूबाट नेपाललाई “नगदरहित अर्थतन्त्र” तर्फ  लैजान चलाईरहेको भएको वृहत अभियान र नेपाल सरकारको डिजिटल कारोबार कार्यान्वयन गर्ने नीति अङ्गिकार गरी यस कम्पनीले अन्तरराष्ट्रिय कारोबार (Cross-Border) सहितको UPI Nepal प्रणाली सञ्चालन गर्न गईरहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया