काठमाडौं - अब बीमकलाई गाभेको कारणबाट गाभ्ने बीमकको शेयर संरचनामा कुनै एक व्यक्ति, समुह वा संस्थाको नाममा चुक्ता पूँजीको १५ प्रतिशत भन्दा बढी शेयर स्वामित्व कायम हुन गएमा वा प्रतिहिस्सेदी (क्रस होल्डिङ्ग) हुने भएमा त्यस्तो शेयर स्वामित्वलाई सीमा भित्र ल्यउन थप दुई वर्षको अवधि प्रदान गरिने भएको छ ।
बीमा समितिले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका २०७६’ को पहिलो संशोधन उक्त सुविधा थप गरेको हो । मर्जर पछि स्वाप रेसियो तथा क्रस होल्डिङका कारणले कुनै पनि शेयरधनीको हिस्सा नियम विपरित १५ प्रतिशत नाघ्यो भने उनिहरुले सिमा भित्र ल्याउन २ वर्षको समय पाउने भएका हुन् ।
साथै समितिले बीमा कम्पनी गाभिएकै कारण गाभ्ने बीमा कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व रहन नसक्ने अवस्था भएमा समितिको स्वीकृति लिएर थप एक सञ्चालकको व्यवस्था गर्न सकिने व्यवस्था थप गरिदिएको छ ।
प्रतिक्रिया