काठमाडौं - हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर तथा बैंक खातामा नगद लाभांश जम्मा गरेको छ ।
कम्पनीले पौष २८ गते, बुधबार सम्पन्न भएको २१औँ वार्षिक साधारण सभाले पारित गरेको ७५ प्रतिशत बोनस सेयर फागुन २ गतेदेखि सेयरधनीहरूको हितग्राही खातामा र २५ प्रतिशत नगद लाभांश फागुन ४ गतेदेखि हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरेको हो ।
साथै भौतिक रूपमा सेयर धारण गरेका सेयरधनीहरूले कम्पनीको सेयर अभौतिकिकरण भए पश्चात स्वतः सेयरधनीहरूको खातामा जम्मा गरिने कम्पनीले जानकारी गराएको छ ।
प्रतिक्रिया