काठमाडौं,राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन ओहिरो लागेको छ ।
सिडिएससीका अनुसार शुक्रबार बिहान १० बजेसम्म यो कम्पनीको आइपीओमा मागभन्दा करिब २८ गुणा बढी आवेदन परेको हो । १८ लाख ८९ हजार ७०० आवेदकबाट २ करोड २१ लाख ५१ हजार ६०० कित्ता खरीदका लागि आवेदन परिसकेको छ ।
कम्पनीले फागुन ४ गतेबाट जारी पुँजी २६ करोडको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ बिक्रीमा ल्याएको छ
संस्थाले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरेको छ भने ०।५ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ। बाँकी ७ लाख ९४ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
आइपीओमा फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ ।
यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था छन्। आवेदन दिँदा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयर पोर्टलबाट आवेदन दिन सकिनेछ।
प्रतिक्रिया