फागुन २८ गते ग्रामीण विकास लघुवित्तले बोलायो साधारण सभा, लेखापरिक्षक नियुक्ती गरी पारिश्रमीक अनुमोदन गर्ने

४ बर्ष अगाडि

काठमाडौं - ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सातौँ वार्षिक साधारण सभा फागुन २८ गते संस्थाको केन्द्रिय कार्यालय, बुटवलमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ । 

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । यस्तै आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ । 

कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन १७ गतेदेखि फागुन २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया