काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
हिजो विहिबार प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो विहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो विहिबार प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आज रुपैयाँले १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया