काठमाडौं- बैंक अफ काठमाण्डौ लिमीटेडको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमीटेडले निशुल्क डिम्याट खाताको अफर ल्याएको छ।
क्यापिटलका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि बीओके क्यापिटलले निःशुल्क रुपमा हितग्राही खाता खोल्ने सुविधा उपलब्ध गराउनेछ ।
बीओके क्यापिटलको मुख्य कार्यालय तथा बैंक अफ काठमाण्डौ लिमीटेडका शाखा कार्यालयहरुमा गएर निःशुल्क डिम्याट खाता खोल्न सकिने सूचनामा उल्लेख गरिएको छ ।
निःशुल्क हितग्राही खाता खोल्दा ब्रोकर खाता, पोर्टफोलियो ट्रयाकिङ र निगरानी, साप्ताहिक शेयर बुलेटिनजस्ता सुविधाहरु पनि दिइने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया