काठमाडौं - अमेरिकी अनुदान सहयोग एमसिसी संसदबाट पारित गर्न अमेरिकाले पछिल्लो पटक दिएको समयसीमा सकिन १० दिन मात्र बाँकी छ । १६ फागुनभित्र एमसिसी पारित नभए थप कदम चाल्ने एमसिसी मुख्यालयले बताइसकेको छ ।
तर, सत्ता गठबन्धनका पाँच दल नै पाँचतिर भएपछि एमसिसी संसदमा टेबुलसमेत हुन सकेको छैन । सत्तासिन नेपाली कांग्रेस जसरी पनि एमसिसी टेबुल गर्नुपर्ने पक्षमा भए पनि खासगरी माओवादी केन्द्र र एकीकृत समाजवादी अहिलेको अवस्थामामा अगाडि बढाउन नहुने अडानमा छन् ।
प्रमुख प्रतिपक्षी एमाले पर्ख र हेरको अवस्थामा छ । यही अन्यौलका बीच आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भए पनि एमसिसी टेबुल हुने सम्भावना न्यून रहेको एक मन्त्रीले बताए ।
प्रतिक्रिया