माघसम्म २३ कायम सेयरधनीले मात्रै आज हुने अजोड इन्स्योरेन्सको साधारण सभामा भाग लिन पाउने, सेयरधनीको हात खाली

४ बर्ष अगाडि

काठमाडौं - अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथोँ वार्षिक साधारण सभा आज  हुँदैछ । उक्त सभा युनाईटेड वल्ड ट्रेड सेन्टर त्रिपुरेश्वर काठमांडौमा बिहान ११ बजेबाट सुरु हुनेछ ।  

कम्पनीले गत आर्थिक बर्षको मूनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सेयरधनीको हात खाली हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । 

त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । 

सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले २४ माघमा बुक क्लोज गरेको थियो । यसअनुसार २३ माघसम्म कायम सेयरधनीले मात्रै साधारण सभामा सहभागी हुन पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया