२० प्रतिशत लाभांश पारित गर्न नेशनल लाइफले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - नेशनल लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही प्रस्ताव पारित गर्न इन्स्योरेन्सले फागुन २९ गते ३३ औँ वार्षिक साधारण सभा बोलाएको हो । 

सभा इन्स्योरेन्सको केन्द्रिय कार्यालय, लाजिम्पाट,काठमाडौँमा बिहान १०ः३० बजेबाट सुरुहुने छ । सभाले सर्वसाधारणको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने तथा प्रबन्धपत्र तथा नियमावलीमा अध्य संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले फागुन २२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार सोभन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया