काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडले यसअघि स्थगित भएको वार्षिक साधारण फेरि बोलाएको छ । अब उक्त साधारण सभा फागुन १३ गते शुक्रबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभामा बैंकको मंसिर १२ गते, आईतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसका साथै, सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने गरिने छ । यस्तै आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने जस्ता प्रस्तावहरू पारित गरिनेछ ।
गणपुरक संख्या नपुगेपछि बैंकको पौष २५ गते, आइतबार हुने भनिएको सभा स्थगित भएको थियो ।
प्रतिक्रिया