धितोपत्र बोर्डको अध्यक्षमा रमेश कुमार हमाल नियुक्त

४ बर्ष अगाडि

काठमाडौं - नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश कुमार हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई नियुक्त गरेको हो । 

योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले हमालका साथै कृष्णराज पोखरेल र डा. गोपाल भट्टको नाम सिफारिस गरेको थियो ।

बोर्डको अध्यक्ष पद विगत चार महिनादेखि रिक्त थियो । लगानी व्यवस्थापनमा राम्रो अनुभव भएका हमालले देश विदेशमा काम गर्दै आइरहेका छन् । इन्जिनियरीङमा स्नातक गरेका हमालले एमबिएसम्मको अध्ययन गरेका छन् । 

प्राथमिक शेयर निष्काशनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको भित्रि कारोबारका कारण निवर्तमान अध्यक्ष भिष्मराज ढुङ्गानालाई सरकारले बर्खास्त गरेको थियो ।


 


 

४ बर्ष अगाडि

प्रतिक्रिया