आजबाट बिक्रीमा आयो आईसिएफसी फाइनान्सको २ लाख ३ हजार बढि कित्ता संस्थापक सेयर

४ बर्ष अगाडि

काठमाडौं - आईसिएफसी फाइनान्स कम्पनी लिमिटेडले आजबाट संस्थापक समूहको सेयर  बिक्री खुल्ला गरेको छ । कम्पनीले २ लाख ३ हजार ५ सय ८० कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेको हो ।

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले फागुन १३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।  उक्त सेयरको न्यूनतम मूल्य एक सय ८५ रुपैयाँ तोकिएको छ ।

त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम ३० हजार कित्तादेखि अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन्  । 

संस्थाको सेयर बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया