लक्ष्मी लघुवित्तले माग्यो कर्मचारी, योग्यता कति ?

४ बर्ष अगाडि

काठमाडौं - लक्ष्मी लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । 

कम्पनीले एक सुचना जारी गर्दै उक्त पदका लागि प्रविणता प्रमाणपत्र तह उर्तिण गरेको हुनुपर्ने जनाएको छ । यस्तै १८ वर्ष पुरा भई ३० वर्ष ननाघेका नेपाली नागरीकले आवेदन दिन पाउनेछन् । यस्तै महिलाको उमेर हकमा ५ वर्ष थप हुने छ । 

ईच्छुक तथा योग्यता पुगेकाले फागुन १० गते कार्यालयभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया