१०.५२ प्रतिशत लाभांश पारित गर्न ज्योति लाईफको साधारण सभा आज, माघ २३ सम्म कायम सेयरधनीहरूले मात्र भाग लिन पाउने

४ बर्ष अगाडि

काठमाडौं - ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथोँ वार्षिक साधारण सभा आज हुँदैछ । उक्त सभा वाटरफ्रन्ट रिसोर्ट, लेकसाइड पोखरमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । साथै सफाले ४ जना संस्थापक समूहका र २ जना सर्वसाधारण समूहका गरी ६ जना सञ्चालकहरुको समेत चयन गर्ने छ । 

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले २४ माघमा बुकक्लोज गरेको थियो । त्यसैले, २३ माघसम्म कायम सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया