काठमाडौं - नेपाल इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक निफ्राले उर्जा ऋणपत्र निष्कासन गर्न पाउने भएको छ । नेपाल राष्ट्र बैंकले अर्ध वार्षिक मौद्रिक समीक्षाका क्रममा पूर्वाधार विकास बैंकले समेत उर्जा ऋणपत्र जारी गर्न सक्ने व्यवस्था थप गरेको हो ।
हाल एक मात्रै पूर्वाधार विकास बैंकको रुपमा रहेको निफ्राले अव उर्जा ऋणपत्र निष्कासन गरेर जलविद्युत कम्पनीमा लगानी गर्नका लागि स्रोत जुटाउन पाउने भएको छ । निफ्राले उर्जा ऋणपत्र जारी गरेर जलविद्युत कम्पनीमा लगानी गर्न सक्नेछ ।
प्रतिक्रिया