कर्जामा दुई थरी ब्याजदर लागु, पुनरकर्जा सुविधामा कडाई

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्र र अन्य क्षेत्रको ब्याजदर फरक हुनेगरी कर्जाको ब्याजदर कायम गर्ने भएको छ ।

केन्द्रीय बैंकले बिहीबार मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने विभिन्न प्रकृतिका कर्जाहरुमध्ये उत्पादनशील क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदर अन्य क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदर भन्दा कम हुने गरी फरक पार्ने सम्वन्धमा अध्ययन गरिने जनाएको छ ।

यो व्यवस्था आगामी त्रैमासदेखि कुनै एक क्षेत्रबाट नमूनाकोरुपमा कार्यान्वयनमा ल्याइने केन्द्रीय बैंकले जनाएको छ । यसले उत्पादनमूलक क्षेत्रको ब्याजदर तुलनात्मक रुपमा कम हुने देखिएको छ ।

मौद्रिक नीतिको मध्यावधी समीक्षा सार्वजनिक गर्दै पुनरकर्जा सुविधा हटाउने क्रमशः हटाउदै लैजाने निर्णय गरेको हो । पुनरकर्जा सुविधालाई अब कोभिडबाट अतिप्रभावित क्षेत्रमा मात्र दिने नीति राष्ट्र बैंकले लिएको छ ।  

पुनरकर्जा सुविधालाई अब कोभिडबाट अतिप्रभावित क्षेत्रमा मात्र दिने नीति राष्ट्र बैंकले लिएको छ । राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको असल कर्जाको धितोमा प्रदान गरिने पुनरकर्जा सुविधा अन्तर्गत सम्वन्धित ग्राहकबाट लिन पाउने अधिकतम ब्याजदर ७ प्रतिशत कायम गर्ने भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया