बैंकदर २ प्रतिशत विन्दुले बढ्यो

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत बैंकदर दुई प्रतिशत विन्दुले बढाएको छ ।

राष्ट्र बैंकले मौद्रिक समीक्षा सार्वजनिक गर्दै बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत कायम गरेको छ ।

यस्तै राष्ट्र बैंकले ब्याजदर करिडोरसँग सम्वन्धित स्थायी तरलता सुविधा दर ७ प्रतिशत, नीतिगत रिपो दर ५।५ प्रतिशत र निक्षेप संकलन दर ४ प्रतिशत कायम गरेको राष्ट्र बैंकले जनाएको छ । 

विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत कायम राखेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया