काठमाडौं, आइएमई जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । आज बसेको कम्पनी संञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनी संञ्चालक समितिको बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको ७ प्रतिशतले हुन आउने ७ प्रतिशतका दरले हुने आउने ८ करोड १० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशतका दरले हुन आउने ४२ लाख ४६ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश बीमा समितिको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया