काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज (बिहीबार) थप एक बैंकको बोनस सूचिकृत भएको छ ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको १०.९३ प्रतिशत बोनस बापतको ३७ लाख २५ हजार ४ सय ५१.०५२५ कित्ता शेयर सूचिकृत भएको हो ।
बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
आज नै नेप्सेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ८ प्रतिशत बोनस बापतको एक करोड ६० लाख कित्ता र सिभिल बैंक लिमिटेडको ५ प्रतिशत बोनस बापतको ४३ लाख २१ हजार ८ सय ३० दशमलव ४२ कित्ता शेयर सूचिकृत भएको थियो ।
प्रतिक्रिया