काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कुल ९ हजार ७८९ जनामा कोरोना परीक्षण गर्दा ५७० जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १ हजार ९९३ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै देशभर सक्रिय संक्रमित १६ हजार ६१६ जना रहेका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९११ जना पुगेको छ ।
प्रतिक्रिया