काठमाडौं – नेपाल धितोपत्र बोर्डले कमजोर रेटिङ पाएको कम्पनीलाई साधारण सेयर बिक्रीका कडाइ गर्ने नीति लिएको १० दिन पनि बित्न नपाउँदै कमजोर वित्तीय अवस्था भएको आशा लघुवित्त वित्तीय संस्थालाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ ।
सो कार्यका लागि बोर्डका अध्यक्ष एवम् काँग्रेसी कार्यकर्ता डा रेवतबहादुर कार्कीको प्रमुख हात रहेको छ । उनले हचुवाका भरमा जस्ता सुकै कम्पनीलाई पनि शेयर बिक्रीको अनुमति दिएर नेपाली लगानीकर्तासँग रहेको सानो रकम समेत डुबाउनका लागि मार्ग प्रशस्त गरिदिएका छन् । साधारण शेयर बिक्रीका लागि अनुमति माग्दै गएका कम्पनीका प्रमुख पदाधिकारी तथा प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर मिठो मसिनो ज्यूनारायण गर्ने कार्कीको विशेष स्वभावका बारेमा जानकारी नपाउने पनि थोरै नै होलान् बजारमा ।
कार्कीले स्वीकृतिका लागि पुगेका कम्पनीका मालिकलाई भन्ने गरेका छन् । डा. सावलाई यसो हेर्नुप¥यो नी । बुढो शरिर यसो मिलाएर मिठो मसिनो गराउनु प¥यो । सबै काम भईहाल्छ नी । देशमा कम्युनिस्टको सरकार छ , कुन बेला पदबाट हट्ने हो थाहा पत्तो छैन ।
पदमा भएको बेलामा त यसो केही गर्नु प¥यो नी भन्दै कार्कीले राम्रै ज्यू नारायण गर्ने गरेका छन् । उनले कम्पनीका प्रमुख लगानीकर्ता तथा सञ्चालकलाई मिलाएर गरिदिने भन्दै पैसा समेत उठाउने गरेको भुक्तभोगीको भनाइ छ । सरलाई हुर्नु पर्छ कि पर्देन । मत डाक्टर पो हो त भन्दै उनले पैसा खाँदै कमजोर कम्पनीलाई पनि साधारण शेयर बिक्रीको अनुमति दिने गरेका छन् । उनले शेयरधनी डुबे डुबुन, नाफा कमाए पनि कमाउन, नोक्सान भएपनि हुन् भन्दै शेयर बिक्रीको अनुमति दिएका छन् ।
राम्रो मान मनितो नगर्नेलाई भने उनले अनेकन बाहाना बाजी गरेर लामो समयदेखि बोर्डमा फाइल अड्काएर राख्ने गरेका छन् । उनबाट हैरानी नपाएका र पैसा नखुवाइकन काम नगराएको व्यक्ति भेटन समेत मुस्किल नै रहेको छ । पछिल्लो समय उनले धितोपत्र दलाल व्यवसायीलाई समेत हैरान बनाएका छन् । मैले भनेको नमान्ने तिमीहरु होइन भन्दै उनले दुःख दिएको अधिकाशं व्यवसायीको भनाइ छ । विगतमा नेपाल स्टक एक्सचेञ्जका महाप्रबन्धक एवम् अर्का काँग्रेसी कार्यकर्ता सीताराम थपलियाको रिस साध्न उनले धितोपत्र दलाल व्यवसायीलाई अहिलेसम्म पनि दुःख दिएको बताइन्छ ।
उनी नेपाल सरकारको नियुक्ति लिएका भएपनि हाल पनि काँग्रेस नेता डा रामशरण महतले मात्रै भनेको मान्ने गरेका छन् । अर्थमन्त्री युवराज खतिवडा राम्रा मान्छे होइनन् । तर उनी बहालवाला मन्त्री हुन् । तर बोर्ड अध्यक्ष कार्कीले त्यो अर्थमन्त्री भयो भनेर हुन्छ मेरो जुनियर हो । त्यसले भनेको मान्नु पर्छ भन्दै मानमर्दन गर्ने गर्ने गरेका छन् । उनले बोर्डको कार्यालयमा बसेर अर्थमन्त्री डा खतिवडा र उनको सचिवालयको समेत सत्तो सराप गर्ने गरेका छन् । उनले त्यो डाक्टर भन्दा म नै वरिष्ठ हो । सेवा पनि मेरो पहिले, सिनियर पनि म भन्दै अर्थमनत्री त प्राविधिक विषय हो । त्यसले भनेको किन मान्ने भन्दै गफ दिने गरेका छन् ।
सो बारेमा जानकारी लिन पटक पटक गरिएको प्रयास असफल भयो । उनले म मिडियामा बोल्ने खालको मान्छे होइन भन्दै उनको सचिवालयलाई भन्न लगाए । उनले पत्रकारले खान नपाएका कारण आफ्नो बारेमा गलत समाचार लेखेको भन्दै आपत्ति जनाए । त्यसो त काँग्रेस सभापति शेरबहादुर देउवाले समेत आफूलाई थर्काएको भन्दै उनले आपत्ति जनाए । त्यो देउवाले समेत मलाई थर्कायो भन्दै उनले बोर्डमा विभागिय प्रमुखहरुसँग गुनासो गर्ने गरेका छन् ।
पछिल्लो पटक कार्कीले मिठो मसिनो गरेर इक्रा नेपालले गरेको रेटिङमा कमजोर ग्रेड प्राप्त गरेको आशा लघुवित्त वित्तीय संस्थालाई शेयर बिक्रीको स्वीकृति दिए । सो कम्पनीले ग्रेड ४ पाएको छ । त्यो भनेको वित्तीय अवस्था राम्रो छैन भन्ने हो । कमजोर रेटिङ भएको कम्पनीलाई साधारण सेयर बिक्रीमा कडाई गर्ने नीति व्यवहारिक रुपमा लागू गर्ने बोर्डले बताइरहँदा कमजोर रेटिङको कम्पनीलाई किन अनुमति दिइयो होला भन्ने जिज्ञासा समेत उत्पन्न भएको छ ।
बोर्डले सरकारले गठन गरेको कार्यदलको सुझावलाई लागू गर्ने भन्दैकेही दिन पहिले कमजोर रेटिङवाला कुनै पनि कम्पनीलाई साधारण शेयर बिक्री गर्न नदिने बताएको थियो । तर सो घोषणा गरेको परिपत्र गरेको मसी सूक्न नपाउँदै बोर्डले अर्को कमजोर कम्पनीलाई साधारण सेयर बिक्रीको अनुमति दिएको छ ।
बोर्डले आशालाई ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । संस्थाको ६७.५० प्रतिशत संस्थापक र ३२.५० प्रतिशत सर्वसाधारणको लगानी रहेको छ ।
सो लघुवित्तमा प्रभु समूहको लगानी रहेको छ । प्रभु बैंक तथा समूहका व्यक्तिले उनलाई राम्रै भोजन गराएको चर्चा पनि बोर्ड परिसरमा हुने गरेको छ । भोजन गरेकै भरमा उनले कमजोर रेटिङ प्राप्त गरेका कम्पनीलाई शेयर बिक्रीको स्वीकृति दिएर दिउँसै लुटपाट गर्ने वातावरण बनाइदिएका छन् । तर उनलाई कारवाही गर्ने आँट भने सरकारसँग हालसम्म देखिएको छैन ।
प्रतिक्रिया