एशियन लाइफद्धारा २० लाख मृत्यु दाबी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं, एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ ।

कम्पनीले कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं. ६ मा बस्ने लक्ष्मी ठकुरीलाई २० लाख २७ हजार ८६३ रुपैयाँको बीमालाभ सहितको दाबी रकम प्रदान गरेको हो । 

स्व. जमान सिंह देउवाले २०७७ पुस २९ गते २० लाख रुपैयाँको बीमा गरेका थिए । उनले वार्षिक १ लाख ३४ हजार ८८९ रुपैयाँ किस्ता वापत १ किस्ता मात्र तिरेका थिए । उनको कोरोनाका कारण मृत्यु भएपछि उक्त रकम वापतको बीमा दाबी कम्पनीले उनको श्रीमतिलाई दिएको हो ।

मृत्यु दाबी रकम वापतको चेक लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईले स्व. मृतक देउवाको श्रीमतिलाई दिएका हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया