काठमाडौं- साता अन्तिम कारोबारको दिन (बिहीबार) नेप्से झिनो अंकले घटेको छ । आज नेप्सेमा २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँको कारोबार भएको छ ।
२ अर्बमा कारोबार आज सर्वाधिक जीवन विकास लघुवित्तको सर्वाधिक कारोबार भएको छ । कम्पनीको शेयरमूल्य आज १६९ रुपैयाँले बढेसँगै २२ करोड ३७ लाख ३६ हजार १९७ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, हिमालयन डिस्टिलरीको १२ करोड २० लाख, एनटिसीको १० करोड २ लाख, अरुण भ्याली हाइड्रोपावरको ८ करोड र नेशनल हाइड्रोपावरको ७ करोड ४८ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

प्रतिक्रिया