नेप्सेमा २ कम्पनीको २ करोड बढी बोनस शेयर सूचीकृत, कुनको कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं-नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज २ कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । 

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ८ प्रतिशत बोनस बापतको एक करोड ६० लाख कित्ता शेयर र सिभिल बैंक लिमिटेडको ५ प्रतिशत बोनस बापतको ४३ लाख २१ हजार ८ सय ३०.४२ कित्ता शेयर सूचिकृत भएको हो ।

निफ्राले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

सिभिल बैंकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट आफ्ना  शेयरधनीहरूलाई ५ प्रतिशत बराबरको बोनस शेयर तथा कर प्रयोजनको लागि प्रति शेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया