जापानले माग्यो नेपाली कामदार, मासिक तलब एक लाख ७४ हजार बढि

३ बर्ष अगाडि

काठमाडौं - जापानले नेपाली कामदारको माग गरेको छ । जापानको ओसाका सहरमा रहेको विभिन्न कम्पनीहरुले विभिन्न पदका लागि १५ जना नेपाली महिला कामदारको माग गरेको हो ।  

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ५ दिन  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले मासिक तलब १ लाख ७४ हजार बढि पाउनेछ । खान बस्नको व्यवस्था कामदार आफैले गर्नुपर्ने छ । इच्छुक कामदारले प्यासिफिक ओभरसिज कन्सल्ट प्रालिको कार्यालय महाराजगंजण् काठमाडौंमा फागुन ११, १२ र १३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया