काठमाडौं - चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा जीवन बीमा कम्पनीका अभिकर्ताहरुले ७ अर्ब ८५ करोड रुपैयाँ कमिसन प्राप्त गरेका छन् ।
उक्त अभिकर्ताको कमिसन गत वर्षको सोही अवधिको तुलनामा ६.४७ प्रतिशतले बढेको हो । गत वर्षको यहि अवधिमा अभिकर्ताहरुले ७ अर्ब ३७ करोड रुपैयाँ बुझेका थिए । यस वर्ष सबैभन्दा धेरै नेपाल लाइफले आफ्ना अभिकर्ताहरुलाई एक अर्ब ८४ करोड रुपैयाँ कमिशन दिएको छ । तर गत वर्षको भन्दा ३।९७ प्रतिशतले घटेको छ ।
जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा कम राष्ट्रिय बीमा संस्थानले ९ करोड ५२ लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीको अभिकर्ता कमिसन गत वर्षको भन्दा ३४ प्रतिशतले घटेको हो ।
पुराना जीवन बीमा कम्पनीको भन्दा नयाँ जीवन बीमा कम्पनीको अभिकर्ता कमिसन खर्च बढेको छ । यस वर्ष अधिकाम्स पुराना जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जनमा गिरावट आएको छ ।
प्रतिक्रिया