काठमाडौं - महिला लघुवित्त वित्तीय संस्थाको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ ।
कम्पनीले मंसिर २२ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट पारित ४७.५ प्रतिशत बोनस शेयर फागुन ३ गते नेप्सेमा सूचीकृत भएको थियो । उक्त बोनस शेयर ४ गतेदेखि शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको एक सुचना जारी गर्दै कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
प्रतिक्रिया