भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या आधिकारिक आँकडाको तुलनामा ८ गुणा बढी भएको खुलासा, साबित भए सबैभन्दा बढी मृत्यु हुने देश बन्ने

३ बर्ष अगाडि

एजेन्सी - भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या आधिकारिक आँकडाको तुलनामा ६ देखि ८ गुणा बढी भएको बुधबार जारी गरिएको एक शोधमा खुलासा गरिएको छ ।

शोधमा मृत्युको आँकडाको संख्या कम देखाएर कोरोनाको दोस्रो लहरको भयंकर प्रभावलाई कम गरेर पेश गरिएको बताइएको छ । कोलकाताबाट निस्कने अंग्रेजी पत्रिका द टेलिग्राफमा यो खबरलाई प्रमखुताका साथ छापिएको छ ।

यो अध्ययनमा नोभेम्बर सन् २०२१ को सुरुवातसम्म ३०.२ लाख जनाको मृत्यु कोभिडका कारण भएको थियो । जबकी सरकारी आँकडामा मृत्युको संख्या लगभग ४ लाख ६० हजार मात्रै थियो ।

एक फ्रान्सेली शैक्षिक संस्थानका डेमोग्राफर क्रिस्टोफ गुइलमोटोको अनुमानका अनुसार जुलाई सन् २०२१ सम्म ३०.२ लाख जनाको कोभिडका कारण मृत्यु भएको छ ।

यो संख्या क्यानडाको टोरोन्टो विश्वविद्यालयमा एपिडिमियोलोजिस्ट प्रभात झाको नेतृत्वमा एक समूहको तर्फबाट गरिएको शोधमा सार्वजनिक भएको अनुमानित संख्याको बराबर छ ।

यदि अध्ययनका अनुमान सही साबित हुन्छ भने भारत सबैभन्दा बढी मृत्यु हुने देश बन्नेछ । अहिलेसम्म अमेरिकामा कोभिड संक्रमणका कारण आठ लाख र ब्राजिलमा ६ लाखभन्दा बढीको मृत्यु भएको छ र यो देश संसारको सूचीमा सबैभन्दा अघि छ ।

पत्रिकासँग कुरा गर्दै स्वास्थ्य जानकारले यस्तो प्रकारको अध्ययन जसमा भिन्न भिन्न डाटाबेसको विश्लेषणात्मक अध्ययन गरिएको छ र जसमा मृत्युको संख्यालाई कम देखाइँदै केन्द्रलाई आँकडाको चुनौती दिने जुन कुरा सार्वजनिक भएको छ त्यो तनाव दिने खालको छ ।

भारतको कोभिडका कारण हुने मृत्युदर संसारको तुलनामा अपेक्षाकृत कम छ, सरकारी गन्तीका अनुसार प्रति एक हजार जनसंख्यामा कोभिड मृत्युदर ०.३ प्रतिशत छ । यस्तै संसारको औसत ०.६ प्रतिशत छ ।

यदि अध्ययनमा सार्वजनिक भएको संख्या ३०.२ लाखदेखि ३०.७ लाखसम्म सही साबित हुन्छ भने भारतको मृत्युदर २.३ देखि २.६ सम्म हुने हुनेछ जुन विश्वव्यापी औसत ०.६ भन्दा लगभग चार गुणा बढी हुनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया