सिएमसीले यसरी डुबायो नेपालका आयोजना, जमानी बसेको यूरोपेली संघ किन मौन

७ बर्ष अगाडि

काठमाडौं – एउटा परियोजनालाई कामचोर ठेकेदारले कसरी समस्यामा पार्दै गएको रहेछ भन्ने कुराको गतिलो उदाहरण बनेको छ मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार । पहिले चिनियाँ ठेकेदारका कारण अलपत्र परेको आयोजनालाई गति दिन भन्दै सरकारले इटालिको नाम चलेको भन्दै सिएमसी रेभनालाई मेलम्ची आयोजनाको जिम्मा दियो ।

काम सकिने समयमा आएर अनेकन वाधा र शर्त राखेर आयोजना अलपत्र पारेको छ , उसले । खानेपानी मन्त्रालयको नेतृत्व नाजवाफ छ । कीनकी राजधानीबासीले मेलम्ची कहिले आउँछ र कहिले सकिन्छ भनेर गरेको प्रश्नको उत्तर दिने अवस्थामा छैन खानेपानी मन्त्रालय । शर्तमाथि शर्त राख्ने र आयोजनालाई लागत र समय समेत बढाएर खान पल्केको ठेकेदारलाई पाता कस्ने आँट सरकारसँग देखिएन । सरकार केवल रमिते मात्रै बन्यो । जसका कारण राजधानीबासीको मेलम्ची सपना केवल  सपनामा मात्रै सिमित भएको छ । 

खानेपानी मन्त्रालयका सचिव छन् गजेन्द्र ठाुकर । विगतमा विवादास्पद काममा संलग्न भएको भन्दै कारवाहीको सिफारिश समेत भएका सचिव ठाकुरको कारण पनि आयोजना समस्यामा परेको छ । आयोजनालाई गति दिने काममा उनको कुनै भरपर्दो योगदान देखिएको छैन । केवल उनी समस्या मात्रै देखाउने र समाधानका लागि लागि नपर्ने विशेष स्वभाव रहेको छ । मन्त्रालयको नेतृत्वमा छिन् बिना मगर । मगर नेकपाका शक्तिशाली अध्यक्ष प्रचण्डकी बुहारी हुन् । तर उनलाई कुनै पनि कुराको जानकारी छैन । जानकारी नै नभएका कारण उनले आयोजनामा के भइरहेको छ भन्ने कुरा बताउन समेत सक्ने अवस्थामा छैनन् । 

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको ठेकेदार सिएमसी अन्ततः काममा नफर्किने भएको छ । उसले शर्तमाथि शर्त राखेको र नेपाल भित्र वार्ता नै नहुने भन्दै खानेपानी मन्त्रालयलाई पत्र पठाएको बताइएको छ । मन्त्रालयलाई नै सम्बोधन गरेको नभएपनि कम्पनीले मेलम्ची खानेपानी आयोजनालाई  पत्र लेखेर आफूहरु काममा पकर्mन नसक्ने बताएको हो । उसले पूर्ववत रुपमा नै भुक्तानी पाउनुपर्ने, आफूले मागेको बढी रकम उपलब्ध हुनुपर्ने तथा शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्ने लगायतका शर्त राखेको बताइएको छ । शर्तमाथि शर्त राखेर ठेकेदारले आयोजनालाई अलपत्र पारेपछि खानेपानी मन्त्रालयले ठेक्का तोडेर भएपनि काम अगाडि बढाउने तयारी गरेको छ ।

आयोजनाको काम करिब करिब सम्पन्न हुने चरणमा पुगेको छ । तर काम अलपत्र छाडेर क्रिश्मस र नयाँ वर्ष मनाउने भन्दै नेपालबाट भागेको ठेकेदारले अब करिब आउन नसक्ने बताएको छ । जसका कारण आयोजनालाई विकल्प खोज्न बाध्य बनाइदिएको छ । सो ठेकेदार कम्पनीले मेलम्ची आयोजना मात्रै नभई नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ सेती जलविद्युत् कम्पनीले निर्माण गर्न लागेको १४० मेगावाट क्षमताको आयोजना समेत अलपत्र पार्ने भएको छ । सो आयोजनाको एक प्याकेज समेत सोही ठेकेदार कम्पनलिे प्राप्त गरेको छ । तनहुँ सेतीले  सीएमसीलाई २८ दिनभित्र काममा फर्कन समय दिने भएको छ । सो समयभित्र सीएमसी काममा नआए  सम्झौताअनुसार ठेक्का तोड्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको छ । ऋणदाता एसियाली विकास बैङक (एडीबी)ले पनि सम्झौताअनुसार ठेक्का तोड्ने प्रक्रिया सुरु गर्न सुझाएको बताइएको छ ।

तर कम्पनीका प्रमुख तथा पदाधिकारीले भने पहिलो चरणमा म्याद दिएर काममा आउन भनिएको र सो अवधि भित्र काममा नआए मात्रै ठेक्का सम्झौता तोड्ने हुन सक्ने बताएका छन् । जानकारहरुका अनुसार सिएमसी काममा फर्कने सम्भावना न्यून रहेको पाइएको छ । इटालियन ठेकेदार सिएमसीले तनहुँ सेतीमा नदी फर्काउन अस्थायी बाँध, मूख्य बाँध र पहँुच सडक निर्माणका लागि रु २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ ठेक्का सम्झौता गरेको छ । 

ठेक्का सम्झौता भए पनि उसलाई परिचालन पेस्की भने  दिएको छैन । सीएमसीले गर्दा आयोजनाको भविष्य अनिश्चित हुन पुगेको छ । सुरुमै लागत बढी भएको भन्दै आलोचना भएको सो आयोजनाको ठेकेदारले नै काम नगर्ने भएपछि लागत र समय बढ्न सक्ने देखिएको छ । आयोजना सन् २०२३ को डिसेम्बरमा सक्ने लक्ष्य राखिएको छ ।

आयोजनाको कुल लागत रु ५८ अर्ब ८ करोड रहेको  छ । यो लागत प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत हो । यस्तै सिएमसीले निजी क्षेत्रले निर्माण गर्न लागेको दुधकोशी आयोजना समेत अलपत्र पारेको छ । सो आयोजनाको ठेक्कासमेत उसैले पाएको थियो । नेपालमा काम गर्न आउने शर्तसहित सरकारले यूरोपेली संघको जमानीमा सीएमसीका ठेकेदारलाई विदेश जाने अनुमति दिएका थियो ।

तर पछिल्लो समयमा उसले अब नेपाल नआउने भन्दै पत्र पठाएपछि यूरोपेली संघ जिम्मेवार बन्नु पर्छ कि पर्देन भन्ने चासो समेत व्यक्त भएको छ । यूरोपेली संघको जमानीमा गएको सीएएमसीलाई नेपाल फिर्ता ल्याउने दायित्व अब सरकारको मात्रै नभई यूरोपेली संघको नेपाल स्थित दूतावासको पनि हो । तर सिएमसिको तावेदारी गर्दै आएका मेलम्ची आयोजनाका केही कर्मचारी, मन्त्रालयका केही अधिकारी तथा उसका केही भित्रयिाले भने सरकारलाई अप्ठ्यारामा पार्ने र त्यसबाट आएको कमिसन लुड्याउने दाऊमा लागेको बताइन्छ । 

जसरी भएपनि आयोजनालाई दुहुनो गाई बनाएर खाने सोचका साथ काम भइरहेको छ । त्यसका लागि मन्त्रालय आयोजनादेखि केही सरकारी कर्मचारी समेत लागेका छन् । तर रमाइलो कुरा के छ भने आयोजनाको केही समयदेखि रोकिएको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले भने मेलम्चीको काम जापानी रेलको गतिमा अगाडि बढेको भन्दै दुनियाँ हसाउने काम गरेका छन् । उनले थाहा नपाएर त्यो कुरा भने कि थाहा नपाई त्यो कुरा भने बारेमा भने केही सोधी खोजी हुन सकेको छैन ।

प्रधानमन्त्रीले नै हाँसो उठ्दो कुरा गरेर आयोजनालाई अवमूल्यन गरेको चर्चा पनि सुरु भएको छ । प्रधानमन्त्रीले आयोजना रोकिएको बारेमा केही बताएका छैनन् । उनले आवश्यक चासो पनि लिएका छैनन् । चासो नलिएका कारण राजधानीबासीको मेलम्ची सपना केवल सपनामा मात्रै परिणत हुने अवस्था आएको छ । त्यतिमात्रै नभई तनहुँ सेती, सोलू दुधकोशी जस्ता आयोजना समेत अलपत्र पर्ने अवस्था आएको छ । यस्तो अवस्थामा सरकारले जमानी बसेको यूरोपेली संघलाई तत्काल सिएमसीलाई नेपाल फर्काउने तर्फ पहल गर्नु जरुरी भइसकेको छ । जति दिन आयोजना लम्बिदै जान्छ , त्यत्ति नै दिन आयोजनाको लागत समेत बढ्दै जाने अवस्था आएको छ । यस्तो अवस्थामा पनि सरकार किन चुप लागिरहेको छ त्यो भने सोचनिय विषय बन्न पुगेको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया