लुम्बिनी विकास बैंकको १३ प्रतिशत बोनस सेयर शेयरधनीहरूको हितग्राही खातामा

४ बर्ष अगाडि

काठमाडौं - लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ ।

बैंकको पौष ९ गते सम्पन्न भएको चौधौँ वार्षिक साधारण सभाले पारित गरेको १३ प्रतिशत बोनस सेयर बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिदिएको हो । 

बैंकले फागुन १ गतेदेखि जम्मा गरिएको जनाएको छ । बैंकको सेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया