बैंक अफ काठमाडौंले बिक्रीमा ल्यायो छिमेक लघुवित्तको ६ लाख ६ हजार बढि कित्ता संस्थापक सेयर, कहिले सम्म दिन सकिन्छ आवेदन

४ बर्ष अगाडि

काठमाडौं - बैंक अफ काठमाडौंको स्वामित्वमा रहेको छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको संस्थापक समूहको सेयर आज बाट बिक्रीमा आएको छ । संस्थाको ६ लाख ६ हजार एक सय ४० कित्ता सेयर बिक्रीमा आएको हो । 

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरूले चैत्र ९ गतेसम्म न्युनतम २ हजार कित्तादेखि अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

संस्थाको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम  बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडले गरेको छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड, नक्साल, काठमाडौँमा आइपुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया